प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा दलित समुदायको प्रतिनिधित्व विगतको भन्दा घटेको छ । २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा १९ जना दलित समुदायको प्रतिनिधित्व थियो । तर अहिले प्रतिनिधिसभाको २७५ सदस्यमा दलित समुदायको प्रतिनिधित्व १६ जनाको छ । जुन ५.८१ प्रतिशत हो । १६ जनामध्ये एकजना नेकपा (एमाले) का छविलाल विश्वकर्मा रुपन्देही क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचत हुन् । बाँकी १५ जना विभिन्न दलहरूबाट समानुपातिक सांसद हुन् ।