Feminist Dalit Organization (FEDO)
Flex fund support for CSOs
(Activity under 1.2.4 Flex fund support for CSOs)
Terms of Reference (ToR)
पृष्ठभूमिः
दलित महिला संघ (फेडो) नेपाल २०५१ साल ई.स.१९९४ र कालीकोट जिल्लामा २०६२ सालमा विशेष गरी दलित महिला तथा दलित समुदाय र महिलाहरूलाई अधिकार प्राप्तिका लागि आवाज उठाउन सशक्तिकरण गर्ने उद्देश्यले स्थापना भएको हो । त्यसयता यसले विभिन्न अन्तर्राष्ट्रिय दाता र साझेदार संस्थाहरूको सहयोगमा धेरै परियोजनाहरू कार्यान्वयन गर्दै आएको छ । फेडो नेपालको समुदाय र अनुभवको आवश्यकता अनुसार, यो परियोजनाले नेपालमा लोकतन्त्र, मानव अधिकार र मौलिक स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनमा नागरिक समाजलाई सहयोग र सशक्तिकरण गर्न परियोजना तयार गरेको हो । फेडोले कालीकोटमा युरोपीयन युनियन, प्लान इन्टरनेश्नल नेपालको साझेदारीमा “हाम्रो आवाज हाम्रो रोजाई “Our Voices Our Choices (OVOC): Women and Youth for Democratic Civic Space” हाम्रो आवाज हाम्रो रोजाइ) नामक परियोजना कार्यान्वयन गर्दै आएको छ ।
प्लान इन्टरनेश्नल नेपाल
प्लान इन्टरनेश्नल नेपाल एक स्वतन्त्र विकासमुखी र मानवीय सहायतामुखी संस्था हो । जसले बाल अधिकार र किशोरीहरूको समानतालाई अगाडि बढाउँछ । प्लान ईन्टरनेश्नल नेपाल हरेक बालबालिका र युवाहरूको शक्ति र क्षमतामा विश्वास गर्छौं तर यो प्रायः गरिबी, हिंसा, बहिष्कार र भेदभावले दबाइन्छ । सबैभन्दा बढी पीडित केटीहरू छन् । बालबालिका, युवाहरू, हाम्रा समर्थकहरू र साझेदारहरूसँग मिलेर काम गर्दै, हामी केटीहरू र सबै कमजोर बालबालिकाहरूले सामना गर्नुपर्ने चुनौतीहरूको मूल कारणहरू समाधान गर्दै न्यायपूर्ण संसारको लागि प्रयास गर्छौ ं। हामी जन्मदेखि वयस्क नहुञ्जेल बालबालिकाको अधिकारलाई समर्थन गर्छौ ं। हामी बच्चाहरूलाई संकट र प्रतिकूलताका लागि तयारी गर्न र प्रतिक्रिया दिन सक्षम बनाउँछौं । हामी हाम्रो पहुँच, अनुभव र ज्ञान प्रयोग गरेर स्थानीय, राष्ट्रिय र विश्वव्यापी स्तरमा व्यवहार र नीतिमा परिवर्तनहरू चलाउँछौं । हामीले ७५ वर्षभन्दा बढी समयदेखि बालबालिकाका लागि शक्तिशाली साझेदारी निर्माण गर्दै आएका छौं, र अहिले ७० भन्दा बढी देशहरूमा सक्रिय छौं । प्लान इन्टरनेशनल नेपाल सन् १९७८ देखि नेपालमा सीमान्तकृत बालबालिकाका साथै उनीहरूका परिवार र समुदायलाई उनीहरूको स्वास्थ्य, शिक्षा, आर्थिक सुरक्षा र संरक्षणमा पहुँच गर्न सक्षम बनाउन काम गर्दै आएको छ । हाल हाम्रा कार्यक्रमहरू हाम्रा विकास साझेदारहरूमार्फत १२ जिल्लामा सञ्चालन भइरहेका छन् ।
परियोजनाको समग्र उद्देश्य: नेपालमा लोकतन्त्र, मानव अधिकार र मौलिक स्वतन्त्रताको संरक्षण र प्रवद्र्धधनमा नागरिक समाजलाई सहयोग र सशक्तिकरण गर्ने ।
विशिष्ट उद्देश्य १: बहु–देशीय स्रोत केन्द्रको सह–सृजनको माध्यमबाट समावेशी नागरिक कार्यलाई अभिवृद्धि गर्ने जसले नागरिक, लोकतान्त्रिक र नागरिक समाजको स्थानको विस्तारलाई सहज बनाउँछ ।
विशेष उद्देश्य २: नागरिक स्थान र नागरिक संलग्नता पुनः प्राप्त गर्न र संरक्षण गर्न राष्ट्रिय÷क्षेत्रीय÷विश्व–स्तर प्रयासहरूमा अधिकार धारकहरूको रूपमा भाग लिन युवा÷महिला–नेतृत्व ऋक्इ लाई समर्थन र सक्षम बनाउन ।
विशेष उद्देश्य ३: कर्तव्य वाहकहरू, विशेष गरी एशियाका नीति निर्माताहरूलाई समावेशी नागरिक स्थानको सुरक्षाको लागि उनीहरूको जिम्मेवारी प्रति उत्तरदायी राख्न ।
Flex Fund को मुख्य उद्देश्य :
- राष्ट्रिय स्तरमा रही युवा तथा महिलाले नेतृत्व गरेका नागरिक समाज प्रवर्धन का लागि कार्यरत ऋक्इ हरुलाई संकुचन हुदै गइरहेको नागरिक स्पेस प्राप्त गर्नका लागि कार्यक्रम गर्न प्रोत्साहन गर्ने ।
- सम्बोधन नगरिएका समुदायको मानवअधिकार संरक्षण तथा संवद्र्धनका लागि नयाँ विचार तथा कार्यक्रम निर्माण गर्ने खालका कार्यक्रम गर्न युवा तथा महिला नेतृत्व रहेका संस्थाहरुलाई प्रवद्र्धन गर्ने ।
- मानवअधिकार संगठन तथा नारीवादी संगठनहरुलाई सूचित गर्ने कार्यक्रम आयोजना गर्न तथा नागरिक स्थान र आवाजहरु उठाउन साथै सरोकारवाला निकायहरुलाई जिम्मेवार बनाउने खालका कार्यक्रमहरुलाई सहयोग गर्ने ।
कार्यको दायरा
समुदाय स्तरमा सरकारले प्रदान गर्ने हरेक सेवा सुविधा बाट बञ्चित महिला, युवा, दलित, बालबालिका र सिमान्तकृत समुदायका सवालमा काम गरि उनीहरुको चेतना स्तरको बृद्धि गरि निर्णायक स्थानमा पु¥याउन सक्षम बनाउनका साथै अर्थपुर्ण सहभागिता कायम गर्न अहम भुमिका निर्वाह गर्नुपर्ने छ । साथै समाजमा घटने विभिन्न किसिमका विकृति विसङ्गति,जातीय भेदभाव तथा लैङ्गिक विभेद सम्बन्धिका घटनाहरुका सम्बन्धमा महिला तथा युवाहरुका आवाज हरुलाई बलियो बनाई मानव अधिकारका अवधारणाहरुको बारेमा जानकारी गराई घटनाका पिडित पक्षको पैरवी गर्नमा समुदाय स्तरका युवा तथा महिलाहरु लाई सक्षम बनाई आफ्ना अधिकारका विषयमा सम्बन्धित निकायमा बोल्न सक्ने र आफ्नो स्थान लाई कायम गर्न सक्ने बनाउनु पर्ने छ । सेवा प्रदायकहरु लाई प्रभावीत वकालत गरि उनीहरुको आवाजलाई बलियो बनाई नागरिक स्थान हक,अधिकार र श्रोत साधनमा पुनः दाबी गर्न सक्ने बनाउनु पर्नेछ ।
नियम वा सर्तहरु:
१) कार्यक्रमको उद्देश्य, सम्भावित उपलब्धि र प्रस्तावित बजेट (बजेट ब्रेकडाउन) सहितको प्रस्तावना पेश गर्नुपर्ने ।
२) प्रस्तावनाको साथसाथै संस्थागत कागजात पनि पेश गर्नुपर्ने ।
३) प्रस्तावना दिइएका विषयवस्तु भित्र हुनु पर्नेछ ।
४) क्रियाकलाप सम्पन्न पश्चात आवश्यक प्रतिवेदन तयार गरि संस्थालाई प्रदान गर्नुपर्ने छ ।
छनौट प्रक्रियाः
- प्रस्तावना आव्हान तथा संकलन
- तुलानात्मक अध्ययन (प्राविधिक तथा वित्तीय)
- छनौटको निर्णय
समय:
२०७९ भाद्र २६ गते देखि २ गते सम्म (September 11 to September 18, 2022 )
खर्च भुक्तानी
क्रियाकलाप सम्पन्न भए प्रश्चात प्रचलित नियम अनुसार र सम्झौता बमोजिम भुक्तानी हुने छ ।
आवश्यक योग्यता र अनुभवहरूः
१) मानवअधिकारका अवधारणाहरुको बारेमा जानकार भई राष्ट्रिय स्तरमा CSOs को प्रभाव नवीनतम दृष्टिकोण र न्यायिक वकालत सम्बन्धिका प्रक्रियाहरुमा दख्खल भएको हुनुपर्ने ।
२) दलित, महिला, युवा र बालबालिकाका सवालहरुमा पैरवी गरेको हुनुपर्ने ।
३) राष्ट्रिय स्तरमा आवाज विहिनहरुको आवाज बुलन्द बनाउनका लागि विगतमा पनि सो सम्बन्धिका क्रियाकलापहरु संचालन गरि उनीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन गराएको हुनुपर्ने ।
४) जातीय विभेद, लैङ्गिक विभेद र बालविवाह अन्त्य सम्बन्धिका क्रियाकलापहरु संचालन गरि उल्लेखनीय प्रभाव पारेको हुनुपर्ने ।
५) नेपाल सरकार सस्थां ऐन २०३४ अनुसार गठित महिला तथा युवा नेतृत्व संस्था भए प्राथमिकता दिईने छ ।
६) सरकारको नियमानुसार आवश्यक कागजात पुरा भएको हुनु पर्ने छ ।
७) क्रियाकलापको प्रतिवेदन लेखन सिप भएको हुनुपर्ने ।
संपर्क:
दलित महिला संघ फेडो नेपाल
कुपण्डोल, ललितपुर
फोन नं ०१–५५४३९८६,५५२०९८२
इमेल ठेगानाः dms.fedo@gmail.com / sabitri.bk@fedonepal.org